प्रेस विज्ञप्ति

आज मिति २०७० जेठ १५ (२९ मे २०१३) गते नेपाली राजदूतावास, क्वालालमपुरमा विशेष समारोह बीच राष्ट्रिय दिवसको रुपमा गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भयो |

 

सो कार्यक्रमको अवसरमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्री लेखनाथ भट्टराईले शुभकामना व्यक्त गर्दै मलेशियामा रहेका नेपाली समुदायको गतिविधिबाट नेपालको पहिचान प्रतिबिम्बित हुने हुदा नेपालको गरीमालाई उँचो राख्न अनुरोध गर्नुभयो | यसै क्रममा उहाँले नेपालमा गणतन्त्रको स्थापना र यसले ल्याएको परिवर्तनको संस्थागत विकासका लागि प्रतिबद्ध रहनुपर्ने विचार समेत व्यक्त गर्नुभयो |

 

उक्त कार्यक्रममा मलेशियास्थित गैर आवासिय नेपाली संघका अध्यक्ष, नेपाल वायु सेवा निगम, मलेशिया शाखाका कन्ट्री डाइरेक्टर तथा मलेशियास्थित विभिन्न संघसंस्थाका प्रतिनिधि एवं संचारकर्मीहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो |

 

नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्री लेखनाथ भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राजदूतावासका कर्मचारीहरु, मलेशियास्थित गैर आवासीय संघ, नेपाली वायु सेवा निगम, मलेशियास्थित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो |

 

नेपालको राष्ट्रिय गानबाट शुभारम्भ भएको सो कार्यक्रममा शहीदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो |

कार्यक्रमको संचालन राजदूतावासका श्रम सहचारी श्री अमल किरण ढकालले गर्नुभएको थियो |
गणतन्त्र दिवसको कार्यक्रममा नेपाली राजदूतावासको तर्फबाट जलपानको व्यवस्था गरिएको थियो |